सत्तारुढ गठबन्धनको बैठक बस्दै

  बैशाख २२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ ।

गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो । बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर