ओलीले भने__’राष्ट्रपति, सभामुख पदमा कांग्रेसले खिचोला खडा गर्यो’

  माघ २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २२  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनमा खिचोला खडा गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसले विश्वासको मत दिए पनि ‘ढोक्सामा माछा नपर्ने’ बताए ।

“कांग्रेसले गरेको यस व्यवहारलाई सरकारमाथि गरेको विश्वास मान्न सकिँदैन । बरु, राष्ट्रपति, सभामुख पदमा खिचोला खडा गर्ने दुराशय देखिन्छ । हिजो मात्रै कांग्रेसका पूर्वमन्त्रीले खुलस्त गर्नुभयो,” ओलीले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर