जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, १०० बढी घाइते

  कार्तिक १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ ।  भूकम्प पछि घर भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जाजरकोटका डीएसपी सन्तोष रोकायले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । झन्डै १०० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

भूकम्पछि ठाउँ(ठाउँमा पहिरो गएको जाजरकोट प्रहरीले जनाएको छ । पहिरो जाँदा जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर