जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  कार्तिक १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशको अधिकांश स्थानमा महशुस भएको छ । भूकम्पबाट जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाहरुमा घरहरु भत्केका छन । थप विवरण भने प्राप्त हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर