मिडियाबाजी डटकम काठमाडौं, भाद्र १८ । रुकुम पश्चिमको चौरजहारीमा बाढीले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ । आइतबार स्थानीय न्याउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चौरजहारी नगरपालिका वडानम्बर(६, घर्तीकाँडाका ८ वर्षीय मनोज बुढाथोकी र ४ वर्षीया भावना बुढाथोकी रहेका छन् ।
आधारभूत विद्यालय घर्तीकाँडाबाट घर फर्किने क्रममा दाजु बहिनीलाई बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।