दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, १५ घर विस्थापित

  श्रावण १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १९ । दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए । बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर