शीतल निवासमा राष्ट्रपति पौडेल प्रधानमन्त्री दाहालबिच भेटवार्ता

  बैशाख २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २१ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए । भारतको नयाँ दिल्लीमा उपचारपछि फर्किएका राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो ।

पौडेल आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पौडेलको स्वास्थ्य अवस्थाकाबारेमा कुराकानी हुनुका साथै राजनीतिक कुराकानी भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर