वर्तमान सत्ता गठबन्धनको आयु छैनः कांग्रेस

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले फरक फरक विचार बोकेका दलहरू मिलेर बनेको वर्तमान सत्ता गठबन्धनको आयु नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले राजतन्त्र चाहिने र गणतन्त्र चाहिन्छ भन्ने शक्ति, संघीयता र धर्मनिरपेक्षता नचाहने र चाहने शक्तिहरू समेत सहभागी भएर सत्ताका लागि मात्र बनेको गठबन्धनको आयु नरहेको टिप्पणी गरेका हुन् ।

प्रवक्ता महतले भने– ‘वर्तमान सत्ता गठबन्धनको आयु छैन । किनकी, यो सत्ता गठबन्धन नितान्त सत्ताका लागि मात्र बनेको छ । यहाँ विभिन्न विचारहरू एक ठाउँमा आएका छन् । यस्तो गठबन्धन स्वभाविक हुँदैन । त्यसैले लामो समय टिक्दैन । गठबन्धन आवद्ध दलहरूबीच नै विरोधाभास छ । त्यसैले, यो गठबन्धनको आयु छैन ।’

तपाईंको प्रतिक्रिया

थप खबर