उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेट

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । । उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदूत श्रीवास्तव मन्त्रालय पुगेका थिए । राजदूत श्रीवास्तबले भारत सरकार र भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिए ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकाशको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरे । यसैगरी, राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वेलगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताए । सहयोगमा चालू रहेका विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए । शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभाङ्ग पराजुलीलगायतका अधिकारीको उपस्थिति थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर