मिडियाबाजी डटकम काठमाडौं,पौष २० । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाका अनुसार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।