नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई २ दिने प्रशिक्षण दिने

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० ।  नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई २ दिने प्रशिक्षण दिने भएको छ । पार्टीले गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई पुस २३ र २४ गते प्रशिक्षण दिने कार्यक्रम राखेको हो । नवनिर्वाचित सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा पनि सांसदहरुलाई जानकारी गराइने स्रोतले जनाएको छ । एमालेले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ ४४ सिटमा जित हासिल गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर