भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

  कार्तिक १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १७ ।  भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार भारतबाट जीटूजी सरकार सरकार मार्फत चिनी आउन लागेको हो ।

जीटूजीमार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । भोलि शनिवार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आएपछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर