मेयर बालेन भन्छन्-‘सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन’

  बैशाख २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् ।

उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।
पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् ।

तपाईंको प्रतिक्रिया

थप खबर