मिडियाबाजी डटकम काठमाडौं, माघ २० । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
सार्वजनिक सम्पत्ति ट्र्याक्टरमा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।