मिडियाबाजी डटकम काठमाडौं, माघ २० । प्रतिनिधि सभा सदस्यका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।
प्रतिनिधि सभामा विजयी भएका सांसद के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ । जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ–आफना अनुभव साटेका थिए ।