मिडियाबाजी डटकम ,फागुन १८। काठमाडौंको कालिमाटीमा सञ्चालित विषादी विश्लेषण प्रयोगशालाको बिहीबार सरकारी टोलीले निरीक्षण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको हो ।कृषि मन्त्रालयको कृषि प्रयोगशाला अन्तर्गत सञ्चालन हुँदै आएको उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्दै आइरहेको छ ।
अनुगमनको नेतृत्व कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले गरेका थिए । सो क्रममा अनुमगन टोलीले प्रयोगशालाको सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिइएको छ ।