सर्वोच्चको आदेश जंगीअड्डाले दर्ता गर्न मानेन

  फागुन १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,फागुन १८।नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकारीबारे सर्वोच्च अदालतले दिएको आदेश बिहीबार जंगीअड्डाले दर्ता गरेन ।

शाहीलाई सघाएको आरोपमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।

न्यायाधीश हरि फुयाँलको इजलासले म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दस्हित लिखित जवाफ पेश गर्न भनेको थियो । यो आदेश दर्ता गर्न बिहीबार बिहान १० बजे जंगीअड्डा पुगेका अदालतका कर्मचारी र आफन्त जंगीअड्डा पुगेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर