मिडियाबाजी डटकम काठमाडौं, मंसिर १५ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।