प्रतिनिधि सभा बैठक स्थगित ,अब चैतमा मात्रै बस्ने

  फागुन १७, २०७९

मिडियाबाजी डटकम १७ फागुन, काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले एक सूचना जारी गर्दै आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । अव उक्त बैठक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै बस्ने भएको हो। फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर