एमाले लुम्बिनी संसदीय दलमा लीला गिरी सर्वसम्मत, चेतनारायण उपनेता

  पुष १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १७।  नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयत गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैजनालाई सर्वसम्मत चयन गरिएको सांसद भूमिश्वर ढकालले नेपाल प्रेसलाई बताए ।

गिरी रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित भएका हुन् । यसअघि दुवैजना दलको नेतामा आकांक्षी भएपनि नेतृत्वले सहमतिमा टुंगाएको हो । उनीहरू दुवैजना पूर्वमन्त्री हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर