भारतीय गाडीमा आएको समूहले खुँडा प्रहार गर्दा नेपालगन्जमा तीनजना घाइते

  पुष १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १७।  भारतीय नम्बर प्लेटको गाडीमा आएको एक समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगन्जमा तीन युवा घाइते भएका छन् । अज्ञात समूहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिकाका तीनजना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा नेपालगन्ज वडा नम्बर १२ का उज्ज्वल शाह, वडा नम्बर ४ का सुगम शाह र वडा नम्बर ४ कै अनुराग शाह रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी रामप्रसाद घर्तीले बताए ।

नेपालगन्ज– ४ गणेशपुरस्थित आफन्तको घरमा गएका वेला अज्ञात समूहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको उनले बताए । घाइते तीनैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर