मिडियाबाजी डटकम काठमाडौं, पौष १७। सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।