मिडियाबाजी डटकम काठमाडौं, पौष १६ । माओवादी केन्द्रको वागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन भएका छन् । काठमाडौंमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम अघि सारिएको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् ।
दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए । संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।