कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

  पुष १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १६ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ ।

डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर