मिडियाबाजी डटकम काठमाडौं, पौष १६ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पुर्याएको बताएका छन् । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ साधारणसभा तथा १८ औँ राष्ट्रिय सम्मेलनमा उनले भने, “स्थानीय तह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हुन्छ, सङ्घीय र प्रदेश तहमा कानुनतः सम्भव छैन । वि।सं २०४८ सालको राजनीतिक परिवर्तनपछि रुप पक्ष, समय, स्थान फेरिए पनि अवस्था उस्तै रहेको छ ।”
मुलुकको अर्थतन्त्र सुदृढ बनाउनेलगायत चुनौती रहे पनि गठन भएको सरकार कसरी टिकाउने अहिलेको चुनौती रहेको उनको टिप्पणी छ । कार्यक्रममा सङ्घका महासचिव मुकुन्दप्रसाद निरौलाले साधारणसभामा वार्षिक प्रतिवेदन नेपाल जन–प्रशासन सङ्घले स्थापना कालदेखि नेपालको प्रशासन, व्यवस्थापनको क्षेत्रमा र पेशागत सम्बन्धको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको दावी गरे ।