मिडियाबाजी डटकम काठमाडौं, पौष १५। नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
यसअघि गत शनिबार नै एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन् ।