बागमतीको मुख्यमन्त्रीमा राप्रपाको दाबी

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५। केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्प देखिएका छन् । बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । हालको अवस्थामा यस प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ ।

सोहीअनुसार बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर