मिडियाबाजी डटकम काठमाडौं, पौष १४ । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आन्तरिक परामर्श गरेका छन् । बुधबार जुम बैठकमार्फत जिल्लाका पदाधिकारीसँग नेपालले सुझाव मागेका थिए ।
सरकारमा जाने विषयमा जिल्ला नेताहरूको मिश्रित धारणा छ । नेताहरूले मूलतः तीन सुझाव दिएका छन्, पहिलो– सरकारमा जानुपर्छ, दोस्रो– सरकारमा नगई पार्टी संगठन सुदृढ बनाउनुपर्छ । र, सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ ।