कीर्तिपुरमा पनि मापदण्ड विपरितका भौतिक संरचनाहरू भत्काउन थालियो

  भदौ ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र ९। काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो ।

नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो ।‘कम्पाउन्ड बनाउनका लागि नगरपालिकाले मापदण्ड तोकेको छ, तर एक जना स्थानीयले आफ्नो घरमा मापदण्ड विपरीत पर्खाल बनाएका पायौं ।

विना नक्सापास पर्खाल बनाएका पायौं,’ उनले भने ।मेयर नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरिएको बताए ।सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना, नक्सा विपरीत बनेका संरचना हटाउन केही दिनमा सूचना निकाल्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर