पत्रकारितामा हाम्रो प्रतिबद्धता

  बैशाख ०७, २०७९

हामीले भोगी प्रकाशन प्रा.लि .काठमाडौँद्वारा मिडियाबाजी डटकम सञ्चालनमा ल्याएका छौँ | राज्यको चौथो अङ्ग मानिएको पत्रकारिता पेशाप्रति वर्तमान परिप्रेक्ष्यमा समाचारहरुको विश्वसनियता घटिरहेको अवस्था छ | आम मानिसहरूको सूचनाको हक कायम गर्ने उद्देश्यले हामीले आजबाट परिक्षण र आधिकारिक रुपमा www.mediabaaji.com अनलाइन डिजिटल पत्रिका लिएर आएका छौँ | हामी समाजमा घटेका विभिन्न घटनाहरूको सत्यतथ्य जानकारी दिने प्रयासहरू गर्नेछौँ | समाचारमा ब्रेक गर्ने होडबाजीले गर्दा यथार्थता हराउने हुनाले हामी तथ्य अध्ययन र अनुसन्धान गरेर मात्रै समाचारहरू सम्प्रेषण गर्नेछौँ | हामी यहि माध्यमबाट समाजमा भएका अनेक खबरहरूको नाराबाजी गर्नेछौँ कुनैपनि बिषयको पक्ष विपक्षमा नरही स्वतन्त्र र मिसन पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजमा मिडियाबाजी गर्न हुने र नहुने बिषयहरूको पहिचान गरेरमात्रै प्रमाण र स्रोत खुलाएर समाचारहरू प्रकाशित गर्नेछौँ | धन्यवाद !

-निर्मल पुरी’भोगी’ अध्यक्ष तथा प्रधान सम्पादक सम्पूर्ण मिडियाबाजी परिवार

तपाईंको प्रतिक्रिया

थप खबर