फुटपाथ व्यवसायीहरूले बिहिबार काठमाडौंमा प्रदर्शन गर्ने

  भदौ २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २९। काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरू महानगर कार्यालय परिसरमा पुग्ने छन् ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघले आन्दोलन गर्ने भएको हो । जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरूलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर