मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २६।तनहुँमा नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा डुबेर सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका – १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो । पौडेललाई नदीले बगाएर करिब एक किलोमिटर तल पुर्याएको थियो ।
उनको तत्काल उद्धार गरी दमौली अस्पताल पठाइएको थियो तर उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले मिडियाबाजी डटकमलाई जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उनले बताए ।