२३ पुस/ नेकपा एमालेको दाङ सहित देशभरका जिल्लामा शुक्रवार अधिवेशन हुने भएको छ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने भएका छन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट अधिवेशनको
भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेसँगै जिल्लाका अधिवेश औपचारिक रुपमा सुरुवात हुने छन् ।
दाङ जिल्लाको १३ औं अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा
हुने भएको हो । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ । अधिवेशनबाट १२१ जना निर्वाचित हुने र १० मनोनित गरेर १३१ सदस्यीय जिल्ला कार्य समिति हुने एमाले दाङले जनाएको छ ।
अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको एमाले दाङले जनाएको छ । जिल्ला नेतृत्व सर्वसमत चयन गर्ने एमाले दाङले जनाएको छ । ‘सवै वर्ग र भुगोल मिलाएर सर्वसमत नेतृत्व चयनको काम हुने छ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने । अधिवेशन सपन्न गर्न एमाले दाङले विभिन्न उपसमिति गठन काम गरेको थियो ।
एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिती, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति,आर्थिक व्यवस्थापन उपसमिती ,प्रतिनिधि व्यवस्थापन उपसमिती, स्वयं सेवक तथा मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा आवाश व्यवस्थापन, साँस्कृतिक र प्रचार प्रशार उपसमिती निर्माण गरेको थियो ।
‘सवै उपसमितिले काम सम्पन्न गरेका छन’ सचिव बुढाथोकीले भने । उनका अुनसार शुक्रवार विहान ११ बजेदेखि अधिवेशनको उद्घाटन कार्यक्रम शुरु हुने छ । अधिवेशनमा शुभकामना दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली जिल्ला आएका छन् । दाङ ज्ञवालीको गृह जिल्ला समेत हो ।
अधिवेशनलाई व्यवस्थित बनाउन ठुलो संख्यामा स्वयसेवक परिचालन समेत गरिएको छ । त्यसैगरेर घोराही बजार क्षेत्र सजाउने काम समेत भएको छ । अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागि हुने छन् एमाले दाङले पुस १७ गते जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम गरेको थियो ।