स्थानीय निर्वाचनमा मनोनयन फिर्ता गर्नेहरू को कति छन् हेर्नुहोस्

  बैशाख १९, २०७९

१९ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार, स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएका हुन् ।

स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् ।

हेर्नुहोस् सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने दलहरुको सूची–

स्वतन्त्र३००६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)१५०१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)१४७४
नेपाली कांग्रेस६३९
राष्ट्रिय प्रजातन्त्र पार्टी३६४
जनता समाजवादी पार्टी, नेपाल३३३
नेपाल कम्युनिष्ट पार्टी (एमाले)२९३
जनमत पार्टी (जपा)६६
राष्ट्रुय जनमोर्चा ५९
तथ्यांक स्रोत – अनलाइन खबरडटकमबाट

तपाईंको प्रतिक्रिया

थप खबर