मिडियाबाजी डटकम काठमाडौँ, असार ८ । ६१ किलो सुन तस्करी काण्डमा शुक्रबार पक्राउ गरिएकी अमला रोकालाई अदालत लगिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) अन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार सरकारी वकिलले बयान लिएपछि उनलाई जिल्ला अदालतमा पेश गरिनेछ । सम्भवतः आजै उनको थुनछेकको बहस हुनेछ।
जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकाली स्रोतका अनुसार उक्त मुद्दा अन्य प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखिएको कारण उनलाई पनि थुनामा पठाउने सम्भावना छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिकामा रहेकी अमला रोकाका पति दावा छिरिङसहितका प्रतिवादी अहिले पनि पुर्पक्षका लागि थुनामा राखिएका छन्।