मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २६ । काठमाडौं जिल्ला अदालतले जीवन चलाउनेसहित ६० किलो सुन तस्करी प्रकरणमा फरार १९ प्रतिवादीलाई ३५ दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले २०८० सालको भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
सीआईबीले आफ्नो अनुसन्धानमा उनीहरु अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फछ्र्यौट ऐन, नागरिकता कीर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा संलग्न रहेको निष्कर्षसहित मुद्दा दायर गरेको थियो । सीबीआईले नै २०८१ असार १८ गते दोस्रो चरणको अनुसन्धान पूरा भएको भन्दै ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमै मुद्दा दायर गरेको थियो।