मिडियाबाजी डटकम काठमाडौँ, आश्विन २० । ६१ किलो सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेकामध्ये एकजना रुकमिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।