२२० कम्पनीको शेयर भाउ घट्दा २८ अंकले घट्यो नेप्से, १० अर्बको कारोबार

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६। यो साता पहिलो कारोबारमा दिन सोमबार नेप्से २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा झरेको छ ।

बजारमा १० अर्ब २१ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । जहाँ ३० कम्पनीको मात्र शेयर मूल्य बढ्दा २२० कम्पनीको शेयर मूल्य घटेको छ । 

सोमबार रिभर फल्स पावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक अर्थात् ७.६४ प्रतिशतले घटेको छ । सोमबार विकास बैंक समूहको शेयर मूल्य सबैभन्दा धेरै २.४३ प्रतिशतले घट्दा लघुवित्त समूहको २.३३ प्रतिशतले घटेको छ ।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएको छ ।  गत साउन १३ गते पनि नेप्से ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा माथि उक्लन सकेको छैन् ।

तपाईंको प्रतिक्रिया

थप खबर