१७ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार !

  असोज २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २६ ।  १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ठाकुरबाबा नगरपालिका—१ का करिब १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो प्रहरीले किशोरलाई पक्राउ गरेको जनाएको छ ।

किशोरले ती किशोरीलाई ठाकुरबाबा नगरपालिकास्थित घरमा लगि जबर्जस्ती करणी गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडितलाई ललाइफकाई गर्न सहयोग गरेको आरोपमा ठाकुरबाबा—१ का २९ वर्षीय एक पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर