१४.०५ अंकले घट्यो नेप्से परिसूचक

  असार ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ६ ।  साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०३ अंकले घटेर ३८६.११ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७१ कम्पनीको ५६ लाख ५१ हजार १६४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । यसको आज २३ करोड ६ लाखभन्दा बढीको कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर