मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ । भारत पञ्जावमा स्वतन्त्र खालिस्तान माग गर्दै पृथकतावादी आन्दोलन गर्दै आएको समूह एक अगुवा पक्राउ परेका छन्। उनलाई नेपाली भूमिबाट भारतको केन्द्रीय जाँच एजेन्सी (एनआईए) ले नियन्त्रणमा लिएको भारतीय मिडियाले दाबी गरेका छन्। नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई एनआईएले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । तर, नेपाल प्रहरी यसबारे बेखबर छ।
भारतीय सरकारद्वारा सञ्चालित अलइण्डिया रेडियोको वेभसाइट न्युज अनएयरले पनि त्यस्तै समाचार दिएको छ। चैत १५ को राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईलाई भारतबाट पक्राउ गर्न त्यहाँको सुरक्षा निकायले गरेको सहयोगको बदलामा नेपाली सुरक्षा निकायले खालिस्तानी आतंककारी पक्राउका निम्ति सहयोग गरेको सुरक्षा विश्लेषकहरुको अनुमान छ। एनआईएद्वारा नियन्त्रणमा लिएको भनिएका सिंह पन्जाबस्थित नाभा जेलबाट अन्य दुई बन्दीसँगै फरार व्यक्ति हुन् । नेपालका फरक–फरक शहरमा कपडा व्यवसाय गर्ने आवरणमा सञ्चालित खालसा इन्टरनेशनल नामक आतंककारी समूहसँग सिंह सम्बद्ध रहेको भारतीय मिडियाहरूको दाबी छ।