मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ । कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका–७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत भेटिएका हुन्।
साउन २९ गतेदेखि बेपत्ता भएकी आमा–छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।