हिमालय एयरलाइन्सले सुरू गर्‍यो काठमाडौँदेखि चीनको छिन्ताओ सहरमा उडान

  भदौ २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २४ ।  हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ ।

एयरलाइन्सले आइतबारबाट छिन्ताओमा सिधा उडान सुरु गरेको हो । सिधा उडानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगाएतले शुभारम्भ गरेका हुन् ।

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।

उद्घाटनका क्रममा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिन्ताओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वासम छ ।

तपाईंको प्रतिक्रिया

थप खबर