मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल नबढ्दा विद्युत् आपूर्ति प्रभावित भएको बताएका छन्।
बिहीबार एक्कासी विद्युत अवरुद्ध भएपछि आज (शुक्रबार) पत्रकारसँग उनले यसमा चिन्ता नलिन आग्रह गरे। उनले विद्युत उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनु पर्ने अन्यथा यस्ता समस्या आइरहने बताए। सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उनले बताएका छन्।