मिडियाबाजी डटकम काठमाडौँ, साउन १९ । खोटाङको हलेसीबाट फर्किदै गरेको गाडी आज बिहान जयरामघाटमा भीरबाट खसेको छ ।
सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १८ जना तीर्थालु सवार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी भीरबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पुर्याएको छ ।
घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको राईको भनाइ छ । एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।