मिडियाबाजी डटकम काठमाडौँ आषाढ २२। पाकिस्तानी क्लब हङकङमा राजकुमार राईकृत सृजना स्रष्टा पुरस्कार प्राप्त उपन्यास किवाहाङको भव्य रुपमा विमर्श कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अथिति डाक्टर पुरण राईले उपन्यास समाजशास्त्रीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको राजनीति संस्कृति पक्षको देखाउन खोजिएको बताए । विशिष्ट अथिति नेपाली महासंघका उपाध्यक्ष नविन सुवाहाङले राजकुमार राई नेपालमा बस्नु भएको भए एउटा पार्टीको मान्छे मन्त्री भएर भ्रष्टाचार पनि गर्नु हुन्थ्यो होला ? राजनीति र देश छोडेर हङकङ आउनु भएर सामाजिक र साहित्यिक कर्ममा साब्लाबुङ( शब्दपुष्प) साहित्यिक पत्रिका नेपालमा पुस्तकालय अभियान अहिले सम्म नलेखिएको विषयमा किवाहाङ जस्तो पठनीय उपन्यास लेखेर सबै नेपालीको प्रिय हुनु भएको बताए । बज्रकुमार राईले
अध्ययन-अनुसन्धानकर्ता तथा शोधार्थीहरूका निम्ति अति उपयोगी हुनेछ ।पुस्तकभित्र धेरै कुराहरू छन् । खोजीखोजी पढ्नुहोस् भने चन्द्र मादेन आन्छङले लाहुरेहरूले विभिन्न मुलुकमा गरेका संघर्ष भोगाइहरू किराँत संस्कृति नेपाल र ब्रिटिशले गरेको विभेद मिहिन रूपमा आएको बताए ।

चिनियाँ राई शब्दहरू आगन्तुक भाषा र १६/ १७/ २५/ २६ जस्तो लाहुरेहरूले प्रयोग गर्ने सम्बोधनहरू आएको बताए
लेखक राजकुमार राईले वर्तमान पठकहरू माया प्रेम धनी गरिब यौन कुण्ठाहरू रूचि राख्दैनन् पठक साहित्य पढ्दै गर्दा आफूले नसुनेका नभोगेका नदेखेका विषयहरूमा पठन रूचि राख्ने गर्छ । साहित्य मनोरंजन बौद्धिक विलास बाट माथि उठेर लेख्नु पर्छ भन्ने आफ्नो विचार भएकोले किबाहाङ लेखेको हुँ । ब्रिटिश गोर्खाहरूको युद्ध इतिहास विश्वले सुनेका देखेका लेखेका छन् तर सित्तैमा किन लाहुरेहरूको रगत वगाउनु परेको कथा लेखिएन । गोर्खाहरूको जीवन सांस्कृतिक पीडा ब्रिटिश र तत्कालीन नेपाल सरकारले गरेको अमनाविय विभेद शोषण लेखिएको लुकाइएको छ । भावी पुस्ताले पनि बुझुन भनेर लेखेको हुँ हु किवाहाङ आज उपन्यास मात्र होला यथार्थमा लेखिएकोले भविश्यमा इतिहास पनि परिवर्तन हुन सक्छ भने । लाहुरेहरूले सात दशक अगाडि नेपालमा समाजिक परिवर्तन गर्न खेलेको भूमिका लेखिएन किवाहाङमा गोर्खाहरूको इतिहास मात्र छैन विश्व युद्ध पछि नेपाल लगायत विभिन्न देशका आर्थिक समाजिक जनजीवन युद्ध परेका घाउहरू पनि छन् भने । आफूले नेपालका दुर्गम गाँउहरूमा पुस्तकालय अभियान चलाई रहेको प्रशंगमा पसिनाको कमाई खर्च गरी रहेछु आफ्नो साथै श्रीमती ,छोरी , ज्वाँईले पनि सहयोग गरी रहेका छन् तर मान्छेहरू ले राम्रो काम गर्दा पनि खुट्टा तानेकोमा दु:ख लाग्छ २२ स्थानमा पुस्तकालय स्थापना गर्दा ७६ लाख खर्च आफ्नो पसिनाको कमाई सँगै ९ वर्षबाट मासिक १५ हजार घर भाडा आउने घर अभियानको अफिसमा निःशुल्क दिइ रहेछु । १७ लाख जति लेखकहरूबाट पुस्तक सहयोग प्राप्त भएको बताए । कार्यक्रममा साब्लाबुङ पुस्तकालय अभियान र अभिलेखलयले संयुक्त रूपमा हङकङमा नेपाली समुदायमा विभिन्न विधामा योगदान गर्ने व्यक्ति र संस्थाहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरूमा:-
१. खेलकूद हेम पुन सितोरियो कराँते
२.साहित्य रामकृष्ण बान्तवा
३.स्वास्थ्य डाक्टर टिका राना
४.पत्रकारिता जगत बहादुर गुरूङ
५.सांस्कृतिक किराँत राई योयाक्खा
६. वातावरण
यसै गरी साब्लाबुङ पुस्तकालय अभियान ले अभियानका सहयोगीहरूलाई सम्मान पत्र प्रदान गरेको छ ।
१.डोम राना
२. बिशु सम
३. राजेन्द्र लिम्बु
४. कसित राई
५. गोपाल राई
एनआरएन अध्यक्ष गोकर्ण ढकाल , किराँत राई योयाक्खा अध्यक्ष गजेन्द्र राई , मगर संघ का सचिव रवीन्द्र थापा , तमु समाज अध्यक्ष नरेन्द्र गुरूङ हङकङ सितेरियो कराँते एसोसिएशन उपाध्यक्ष हेम पुन लोहोरूङ समाज अध्यक्ष जीत बहादुर राई नेपाली साहित्य प्रतिष्ठान अध्यक्ष टंक लिम्बु विश्वकर्मा समाज अध्यक्ष रामचन्द्र सेन्चुरी साब्लाबुङ पुस्तकालय अभियान उपाध्यक्ष डोम राना हङकङ साझा साहित्यिक श्रृंखला संयोजक जुनु दिव्य राना आदि नेपाली साहित्यिकमा प्रथम पटक हङकङ का स्कुल र युनिभर्सिटी का विद्यार्थीहरू पनि उपस्थिति रहेको थियो । आयोजक संस्थाहरू संखुवासभा समाज हङकङ , साब्लाबुङ पुस्तकालय अभियान लोहोरूङ युयोङ हङकङ नेपाली साहित्यिक साझा श्रृंखला रहेको कार्यक्रमका सभापतित्व संखुवासभा समाजका लिला बहादुर गुरूङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।