सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।  रौतहटमा शौचालयको सेप्टिक ट्यांकीमा खसेर दुई–दुई वर्षका दुई बालबालिकाको मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका– १० निबुवाटोल निवासी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए । मंगलबार साँझ उनीहरू खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन् ।

‘शौचालयको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको रहेछ,’ डीएसपी रायले भने, ‘खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेछन् । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।’ सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति नै उनीहरुको मृत्यु भएको रायले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया

थप खबर