मिडियाबाजी डटकम काठमाडौँ, जेठ ३ । कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
नाम वतन नखुलेको अन्दाजी २०÷२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ :३५ उद्धार गरेको हो ।