सुवास नेम्वाङ भन्छन्_’मेरो राष्ट्रपतिमा ठूलो आकांक्षा छैन’

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा ठूलो आकांक्षा नभएको बताएका छन् । बिहिबार संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै उनले पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार चुन्छ उही राष्ट्रपति हुने भन्दै आफ्नो ठूलो आकांक्षा नभएको बताएका हुन् ।

‘नेपाली जनताका छोराछोरी जोपनि राष्ट्रपति बन्न सक्छन् । व्यक्तिगतरुपमा मेरो ठूलो आंकाक्षा छैन। पार्टीको निर्णय सर्वोपरी हुन्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने । राष्ट्रपतिको पदावधि फागुनमा सकिँदै छ । सत्ता गठबन्धनको भागबण्डामा सभामुख र राष्ट्रपति एमालेको भागमा परेको छ । आज भएको सभामुखको निर्वाचनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङको नाम अग्रपंतिमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर