सुन धितो राखेर मिटरब्याजमा पैसा लगाउने श्रेष्ठबाट ४ करोड र सुन बरामद

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १८ ।   काठमाडौं महानगरपालिका–२६, गोंगबुको एक घरबाट प्रहरीले मंगलबार बरामद गरेको झन्डै ४ करोड अवैध रकमसहित सुन गोरखाका विनोदकुमार श्रेष्ठको भएको खुलेको छ ।

श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार छापा मार्दा अहिलेसम्म ३ करोड ७५ लाख रुपैयाँसँगै सुनका ढिक्का, बाला, औंठीसहितका गरगहना पनि बरामद भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर